रबिन्द्र प्रजापति, २७ कार्तिक रौतहट । रौतहटमा उद्दमशिलता बिकाश तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उधोग कार्यलय गौरको आयोजनामा उद्दमशिलता बिकाश तालिम बुधबार कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा सम्पन भएको छ ।

कटहरिया नगरपालिका वडा न. ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रममा २० जना महिलाहरुलाई उद्दमशिलता सम्बन्धी तालिम दिइएको हो । तालिमका प्रमुख अथिती गुप्ताले महिलाहरुलाई प्रमाण पत्र समेत बितरण गर्नु भएको छ । वडा अध्यक्ष गुप्ताकै पहलमा सो कार्यक्रम सञ्चालनमा आएको थियो ।

घरेलु तथा साना उधोगले आउदो महिना देखि ३ महिने सिलाई कटाई तालिम दिने जिल्ला घरेलु उधोगका प्रमुख जयकान्त झाले जानकारी दिनु भयो । कार्यक्रममा महिलाहरुलाई पंकज चौधरी र प्रबिण झाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय