रबिन्द्र प्रजापति ,२६ कार्तिक रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको डुमरियामा नेपाली काग्रेसद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नेपाली कांग्रेस जिल्ला सभापति तथा सांसद कृष्णा यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । शुभ दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको ईशनाथ नगरपालिका—९, डुमरियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि यादवले विकास र समाज परिवर्तनमा लडाई लडनु पर्ने बताएका थिए ।

यादवले गाउँ गाउँमा जनताको गुनासोको समाधान गर्न र विकास निर्माण कार्यमा आफुले जोड दिएकाले राजनीतिलाई व्यापार गर्नेहरु बनाएका सबै दल आतिएको यादवले बताउनु भयाो । सामाजिक न्यायका साथ रौतहटमा समाजसेवी अन्जु झा र समग्र देशको विकास पथमा दिनरात लाग्नु भइ जनताको गुनासो सुन्न गाउगाउ पुग्ने गरेको जनाइएको छ ।

सो कार्यक्रममा ईन्दल कुशवाहा, विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति क्रिसना कुमार यादव,वडा नं ८ को वडा अध्यक्ष सेख चाँद अली,र वडा ७ का वडा अध्यक्ष सेख खालिक,वडा नं. १ का वडा अध्यक्ष विगु वियास,र पत्रकार लगायत नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरू उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय