जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा मँगलबार लैङिगक हिँसा सम्बन्धी दुई ओटा कार्यविधि पारित गरेको छ ।
महिला हिँसा न्यूनिकरणको लागि “सहज परियोजना” को सहयोगमा सहिदनगर नगरपालिकाले महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७ पास गरेको हो ।

यसका साथै, लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको हो ।

लैङ्गिक हिंसा समुदायमा विद्यमान एउटा प्रमुख समस्याको रुपमा रहेको र यस्ता हिंसाबाटविशेष गरी महिला, किशोरी तथा बालिकाहरु अधिक मात्रामा पीडित भईरहेको सामाजिक परिवेशलाई मध्यनजर गर्दै पीडित तथाप्रभावित भएकाहरुले सम्मानित जिवन जिउनका लागि उनीहरुको विविध आवश्यकताहरुलाई सम्बोधनगर्न सुरक्षा तथा न्यायका सेवा प्रदायकहरु बीचको प्रेषण प्रणालीलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, यस सहिद नगर नगरपालिका ,धनुषाको नगरकार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (७) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि तयार गरी लागू गरिएको समग्र जन उत्थान केन्द्र, लहानका सामाजिक परिचालक बलिराम कापरीले जानकारी दिए ।

मँगलबार बसेको कार्यपालिकाको बैठकबाट नगर प्रमुख उदय कुमार बरबरिया (यादव), उप प्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव लगायत उपस्थित सहित कार्यपालिका सदस्यहरुले कार्यविधिको हरा झण्डी देखाएपछि सर्वसहमतिले पारित गरिएको हो । सामाजिक परिचालक बलिराम कापरी लगायत उपस्थित रहेको तथा जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय