काठमाडौं । पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिई फरार भएको ना ५ ख ८४७४ नम्बर बसलाई आज नियन्त्रणमा लिइएको हो । त्यसका चालक सर्लाही हरिवन नगरपालिकाका ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका ७ थानकोटस्थित सडकमा आज बिहान तरकारी बोकी बाटो काट्दै गरेका लोहारलाई ठक्कर दिई उक्त गाडी फरार रहेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । श्रेष्ठमाथि सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय