• इश्वर बिश्वकर्मा

चरिकोट, कार्तिक २५ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल यातायात मजदुर संघ दोलखाको जिल्ला अधिवेशन चरिकोटमा मंगलबार सम्पन्न भएको छ ।
अधिवेशनबाट कृष्ण खड्काको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको उपाध्यक्षमा रामकृष्ण थापा, सचिव सुरेश थामी, सहसचिव रविन थापा र कोषाध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् ।
संघको सदस्यहरुमा सन्तोष श्रेष्ठ, दिनेश भुजेल, गणेश बहादुर बस्नेत, नवराज श्रेष्ठ, कुमार थामी, मिन कुमार थामी, प्रदिप शिवाकोटी, कुमार केसी, पासाङ तामाङ, दिपेश घिसिङ चयन भएका नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले बताए ।
कुन्दन राज काफ्लेको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ ।

नेपान ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजय कु्मार राइ र काँग्रेस दोलखा सभापति खड्का सहित अग्रज नेताहरूले निर्वाचित कार्यसमिति र जिल्लाका कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा कांग्रेस नेताहरू इश्वर मानन्धर , बर्मा लामा , केशवराज चाैलागाइ , कुन्दनराज काफ्ले लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय