रबिन्द्र प्रजापति २४ कार्तिक रौतहट । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अधिकारबाट बञ्चित गराइएका समुदायको अधिकारको लागि आफना पार्टी सडकदेखी र सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।

सरकारले उत्पीडनमा पारेका र अधिकार दिनबाट बञ्चित गरेर राखेका समुदायको सम्मान अधिकार नदिएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाँले चेतावनीदिनुभएको छ ।

मधेशी, थारु, आदिवाजी, जनजाती लगाएत समुदायको अधिकार प्राप्तीका लागि जनता समाजवादी पार्टी सडकदेखी सदनसम्म संघर्ष गर्ने जसपा अध्यक्ष यादवले बताउनुभयो ।
रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज आयोजित वृहत पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जनता समाजवादी पार्टी अझै संघर्षकै क्रममा रहेको र सडकदेखी सदनसम्म आन्दोलन गरेर भएपनि मधेशी, थारु, आदिवासी, जनजाती लगाएत समुदायको अधिकार प्राप्त गरेरै छाडने दावी गर्नुभएको छ ।

संसारमा कतै नभएको दमन, शोसन नेपालको मधेशमा सबभन्दा बढी रहेको तथा पहाडमा समेत जनजाती र हिमालमा दलित लगाएत समुदायलाई कम्युनिष्ट सरकारले सोशन दमन गर्दै आएको उहाँले बताउनुभयो ।
हिमाल, पहाड, तराई र मधेशका सोशित र उत्पीडित समुदायको हक अधिकार एक मात्र पार्टी जनता समाजवादी पार्टी नेपालले मात्रै दिलाउन सक्ने अध्यक्ष यादवले बताउनुभयो ।
शोसक, शोसित, उत्पीडक, उत्पीपिड, शासक र शासीतलाई यो देशबाट समाप्त गरी दशमा बसोबास गर्ने सबै जातजाती र समुदायलाई सम्मान अधिकार दिलाउनु नै जनता समाजवादी पार्टीको मुख्य उदेश्य रहेको समेत उहाँले बताउनुभयो ।

जनसंख्याको आधारमा सत्ता, शक्ति, स्रोत र साधनमा मधेशी समुदायको आधि हिस्सा दिनुपर्ने उहाँले बताउनुभयो ।
जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा मधेशी समुदायलाई सरकारले आधि हिस्सा नदिएको र आधि हिस्सा नदिएसम्म आफना पार्टीको सरकारविरुद्धको लडाई जारी नै रहने चेतावनी दिनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष यादवले ओली नेतृत्वको कम्युनिष्ट सरकार देशबाट लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ ।
नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक हुने छ भन्ने कुरा नेपालको संविधानमा प्रष्ट लेखेको भएपनि ओली सरकार यसको विरुद्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय