सिरहा, २४ कार्तिक । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ बगहा स्थित दलित आवास कार्यक्रम अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ क का प्रदेश सांसद दिलिप साहले दलित भित्रका अति विपन्न मानिएका डोम समुदायको घर निर्माणका लागि सिलान्यास गरेको हो ।

सिरहा क्षेत्र नम्बर ४ क मा ३७ जना डोम समुदायको घर निमार्ण हुने उनले जानकारी दिए ।
जिल्ला भित्र जनता आवास कार्यक्रम अन्तर्गत ४१० वटा दलितको घर निमार्ण हुने भएको छ । कार्यक्रम मार्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईने उनले बताए ।

अति आर्थिक विपन्नताको विच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय