पर्सा, कार्तिक २४ गते । वीरगञ्जमा ट्रयाक्टर दुर्घटना हुदा १२ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।

वडा नम्बर २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षीय विवेक यादवको मृत्यु भएको हो।

लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गर्दा दुर्घटना भएको थियो । बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।

दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।
चालक भने दुर्घटना पछि फरार भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय