• नरेन्द्र महताे

गौशाला, कार्तिक २४ गते । आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो समाचार तथ्यहीन, आधारहीन, अपुष्ट एवम् भ्रामक रहेकोले सो समाचारको पछि नलाग्नको नगरपालिकाले सबैमा आग्रह गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले घुस लिई चेक प्रकरण घटना मिलाएको समाचारप्रति नगरपालिका कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

नगरप्रमुख र उपप्रमुखलाई चरित्रहत्या गर्ने उद्देश्य सँगै पत्रकारिता आचारसंहिता विपरीत केही मिडिया तथा समाजिक संजालले समाचार प्रकाशन तथा प्रसारण गरेको नगरपालिकाका नगरप्रवक्ता भोजवहादुर दर्लामीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तीमा सत्यतथ्य नबुझिकन वारम्बार समाजिक संजालमा समाचार सम्प्रेषण गर्दै आएका संचार माध्यमलाई कारवाहीको लागि सम्बन्धित पक्षसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय