रौतहट । चन्द्रपुर नगरपालिका-१ मंगलपुरका शुभराज थापालाई बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

जंगलमा घाँस काट्न गएकी बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

पौराईस्थित पूर्व पश्चिम राजमार्ग सडक छेउको जंगलमा घाँस काट्न गएकी १६ वर्षीया बालिकलाई थापाले बल पूर्वक जंगलको झाडीतिर लगेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको डीएसपी हेमबहादुर शाहीले बताए । ‘युवतीमाथि भएको घट्नाको अनुसन्धान सुरु गरेका छौं,’उनले भने,‘स्वास्थ्य जाँच र सोधपुछ जारी राखेका छौं । एकान्त स्थानमा बलात्कारको प्रयास गरेको रहेछ ।’

पक्राउ परेका थापाले जबरजस्ती करणी गर्न खोजेपछि बालिकाले हो–हल्ला गरेपछि भागेका थिए ।

घट्ना लगत्तै पीडित परिवारले जाहेरीको आधारमा उनलाई इलाका प्रहरीको टोलीले पक्राउ गरेको हो । थापालाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय