हाम्रो जनकपुर /लहान । सिरहामा एक जना पुरुषले ईनारमा कुदेर ज्यान गुमाएका छन् ।

करिब ९० फिट गहिरो रहेको ईनारमा शुक्रवार राति उनले कुदेका थिए । इनारमै मृत्यु भएको उनको शव शनिवार बाहिर निकालेको छ । मानसिक अवस्था ठिक नभएका कारण उनले इनारमा कुदेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

सिरहा जिल्लाकाे धनगडीमाई नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय स्विट बस्नेतले इनारमा कुदेर ज्यान गुमाएका हुन् ।

ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापाले शनिवार नेपाली सेनाको टोलीले बस्नेतको शव इनारबाट बाहिर निकालेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय