• इश्वर बिश्वकर्मा

चरिकोट, कार्तिक २२ । जिल्ला प्रशासन कार्यालय दोलखाबाट १ हजार भन्दा बढी नागरिकता वितरण भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि शुक्रबारसम्ममा १ हजार २ सय १७ वटा नागरिकता वितरण गरिएको हो ।
कार्यालयबाट नयाँ र प्रतिलिपि गरि उक्त संख्यामा नागरिकता वितरण भएको कार्यालयले जनाएको छ । नयाँ नागरिकता ६ सय ३ वटा र प्रतिलिपि नागरिकता ६ सय १४ वटा वितरण भएको हो ।
नागरिकता लिएकामध्ये महिलाको भन्दा पुरुषको संख्या वढी छ । कार्यालयबाट ७ सय ३९ जना पुरुषले नागरिकता लिएका छन् । ४ सय ७८ जना महिलाले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी एंव सहयाक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले बताए ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा न्युनिकरणका लागि गत चैत ११ गतेबाट जारी गरेको पटकपटकको लकडाउन र निषेधाज्ञाको कारण जिल्लामा करिब ४ महिना नागरिकता वितरणको कार्य रोकिएको थियो ।

लकडाउन सम्पाप्ति सगैँ साउन ३ गतेबाट नागरिकता वितरण सुरु गरिएको थियो । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय