जनकपुरधाम / कात्तिक २१ गते । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ को आयोजना तथा नेपाल औषधी विक्री तथा प्रतिनिधी संघको सहकार्य र सपोर्ट नेपालको सह आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवामा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं.६ को वडाअध्यक्ष मानबहादुर श्रेष्ठको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथ्यमा सखुवा बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

सो शिविरमा जेनरल फिजिसियनका १ सय १७, हाडजोर्नीका ५८, स्त्री रोग ५२, बाल रोग ९०, दन्त रोग २३ जना विरामीले स्वास्थ्य जाँच गराई शिविरका लाभ लिएको सपोर्ट नेपालका जिल्ला कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिएका छन् । सो शिविरमा बाल रोग विशेषज्ञ डा. लव कुमार साह, स्त्री रोग विशेषज्ञ मनिषा भारद्धाज, दन्त रोग विशेषज्ञ डा. कविता मण्डल, मुकेश पाण्डे, हाडजोर्नी रोग विशेषज्ञ डा.कुमार सम्भवले विरामीहरु जाँच गरेका थिए ।

शिविरमा विरामीहरुलाई औषधी पनि निःशुल्क उपलब्ध गराएको थियो । सो शिविरमा क्षीरेश्वरनाथ नगरपालिका उपमेयर रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण, कार्यपालिका सदस्य विरेन्द्र सिंह दनुवार, वडासदस्य कमल कुमार राउत, रामकुमार ठाकुर लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरसको समयमा सर्वसाधारणहरुलाई जाँच तथा उपचारमा सहजता प्रदान गर्न उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय