वीरगञ्ज, कार्तिक २१ गते । भारतबाट तस्करी गरी ल्याइएको पटाकासहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १७ अलौ बस्ने ३२ वर्षका विनोद सहनी रहेका छन्।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सहनीको घरमा बक्स पलगभित्र लुकाएर राखिएको अवस्थामा पटाका बरामद गरेको हो।

सहनीको घरबाट विभिन्न ब्राण्डका १ सय ४१ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो।

पटाकासहित पक्राउ परेका सहनीलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय