रबिन्द्र प्रजापति २१ कार्तिक रौतहट । रौतहट जिल्ला भरी लागुु हुनेगरी अगामी मंशिर १७ गतेसम्मका लागी निषेधाज्ञा जारी गरीएको छ । जिल्लाका कोरोना संक्रमीत बढे संगै कोरोना बाट मर्नेको संख्या बढदै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञाको जारी गरेको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचना जारीगर्दै स्थानिय प्रशासन एन २०२८ को दफा ६ को ३ तथा संक्रामक रोगएन २०२०को दफा ३ र ४ अनुरुप आज राती १२ बजेदेखी लागुुहुने गरी मंशिर १७ गते सम्मको लागी निषेधाज्ञा जारी गरेको हो ।
रौतहट जिल्लामा कोभिड १९ को संक्रमण जोखिम कायमै रही कोभिड बाट १४ जना मानिसको ज्यान गईसकेको तथा हाल एक सय ७४ जना संकृय संक्रमित रहेको छ । दिपावली छठ तथा बागमती नदीमा लाग्ने पुर्णिमा पर्वमा भिडभाड नगरी यसबर्ष घरमै बसेर चाँडपर्व मनाउन सिडियो ईन्द्रदेव यादव द्धारा हष्ताक्षरित सुचनामा उलेख रहेको छ ।

कोभिड १९ को संक्रमण न्युनीकरण गर्न स्वास्थ र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जन जिवन अनुकुल तुल्याउन आवशयक देखिएको हुँदा निषेधाज्ञा जारी गरीएको सुचनामा उलेख रहेको छ ।
निषेधाज्ञा अवधिमा सार्वजनिक खेलकुद,नाच तमासा,मेला भिडभाड,जात्रा महोत्सव, भोजभतेर, हाट बजार, सभा जुलुस प्रदर्शन नगर्न अनुरोध गरीएको छ । आउनै लागेको तिहार छठपर्वमा भिडभाड नगर्न,मठ मन्दिरमा पुजा बाहेक गतिबिधी नगर्न, तालिम गोष्ठी नगर्न अनुरोध गरीएको छ ।
साथै बिधालय शिक्षा सम्बन्धी आकास्मिक कार्ययोजना,२०७७ तथा बिधार्थी सिकायी सहजीकरण निर्देशिका २०७७ बिपरित कार्य नर्गन अनुरोध गरीएको छ ।
निर्देशन बिपरीत गर्ने गराउनेलाई कानुनी कार्वाहीको दायरामा ल्याउने् जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना मार्फत चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय