सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्ररही कार्यालय सिरहाले जनाएको छ ।

ज्यान जानेमा झापाको शनिश्चरे नगरपालिकावडा नम्बर ८ बस्ने मोटरसाइकलमा सवार ५० वर्षीया आशा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो सिराहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित सडकमा ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय