• श्रीकान्त झा

जनकपुरधाम । मारुती सिमेन्टले नियम मिचर अतिक्रमण गरेको सर्व जनिक वनको जग्गा अतिक्रमण मुक्त गराउने उद्धेश्यले समिती गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल दिएको जानकारी अनुसार प्रदेश नम्वर २ का मुख्यमन्त्री लालवावु राउत आफै पुगि अनुगमन गरेर जिल्ला प्रशासन कार्यालय सिरहालाई अतिक्रमण मुक्त गराउनका लागि आवश्यक कदम चालन दिएको निदेर्शन अनुरुपै डिभिजन वन अधिकृत को संयोजकत्व मा सम्वन्धित वडा अध्यक्ष, मालपोत र नापी समेत रहेको समिती गठन गरिएको छ ।

सर्व पनिक जग्गा होस् वा वनको अग्गा होस अतिक्रमण हुदा निगराणी गर्ने निकाय डिभिजन वन,अदालत,प्रदेश वन मन्त्रालय वा अन्य कानुनी निकाय हो । सबै कार्य सिडियोले गरेर सध्य नुहे कुरा सबै जनाले वुझदिनु पर्छ तथापी आफनो कर्तव्य र नैतिकताको आधारमा आफुले आवश्यक कदम चालिसकेकोले चाडै वनको जग्गा अतिक्रमण मुक्त गरेर दोषी पाईएमा मारुती सिमेन्टलाई आवश्यक कार्यावाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले वताउनु भयो ।

मारुती सिमेन्टले मात्रै हैन अधिकाशंले वन तथा सर्वजनि जग्गालाई मिचेर आफनो रजाई वनाएको हो उक्त अतिक्रमण प्रति हामी सबैले आगाडी वढनुपर्छ । मलाई साथ दिनुस् म अतिक्रम भएका जग्गाहरुलाई मुक्त गराउने विश्वास व्यत्ति गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय