रबिन्द्र प्रजापति २१ कार्तिक रौतहट । रौतहट प्रहरी अहिले अबैध घरेलु मदिरा भट्टी नस्ट गर्ने अभियानमा लागेका छन ।

अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानमा संचालित दर्जनौं अबैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेका छन् । तर अबैधरुपमा उत्पादित घरेलु मदिरा जिल्लाको बजारहरुमा खुलेआम बिक्रीवितरण भैरहेको पाईएको छ । अपराधको पहिलो खुड्किला नियन्त्रण भनेको अबैधमदिराको कारोबार नियन्त्रणहो भने उदेश्यका साथ अभियान सुरु गरिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताएका छन् ।

अभियान अन्तरगत कटहरिया, गढिमाई, गुजरा, राजपुर, गौर, चन्द्रपुर, नगरपालिका लगायतका स्थानमा दर्जनभन्दा बढी अबैध मदिरा भट्टिमा छापामारी तोडफोड तथा हजारौं लिटर मदिराजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् । मदिरा उत्पादनमा संलग्न कैयौंलाई पक्राउ गरि कानुनी कार्यवाहीको दायरामा समेत ल्याएको प्रवक्ता श्रेष्ठले बताउंछन । तर घरेलु अबैध मदिराको बिक्रीवितरणमा भने नियन्त्रण हुन पहल नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।

हाल कटहरिया,फतुवा बिजयपुर र गुजरा नगरपालिकाका झन्डै एकदर्जन मानिस निर्वाधरुपलेबअबैध मदिराको कारोबार गरिरहेका छन । उनिहरुले रौतहट र बाराको केही स्थान बाट दैनिक सैयौंलिटर अबैध मदिरा मोटरसाइकल र साईकलमा ढुवानी गरेर जिल्लाको ग्रामीण बजारहरुमा पुर्याउनेगरेको प्रत्येक्षदर्शी मर्यादपुरका भोला यादवले बताएका छन् । त्यतिमात्र नभई ईलाका प्रहरी कार्यालय कटहरियाको वरिपरि मात्र ५० मिटरको दुरिमा आधादर्जन अबैध मदिरा पसल छ ।

उक्त मदिरा पसलहरुमा दैनिक सैयौंमानिस घरेलु मदिरा सेवन गर्न आउंछन । सामान्य हिसाबले बाहिरियाले हेरेमा एउटा सानो हाटबजार जस्तै टाढै बाट देख्न सकिन्छ मदिरा खान आउनेको भिड । अहिले कोरोना माहामारीको समय उक्त रक्सी पसलहरुमा जति बाक्लो भिड भएपनी स्वास्थ सुरक्षा अपनाईदैन । तर नजिकै रहेको प्रहरीले कहिलै रोक्ने जमर्को गर्दैनन । आ“खा अगाडिनै त्यत्रो ठुलो अबैध मदिराको बिक्रीवितरण हुंदा समेत प्रहरीले वास्ता नगर्नुमा कतिपयले आर्थिक चलखेल को आशंका गरेका छन । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले अबैध मदिराको कारोबारमा प्रहरीको कुनै संलग्नता नभएको बतांउदै नियन्त्रणको लागि अबिलम्ब पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय