रबिन्द्र प्रजापति २० कार्तिक रौतहट । रौतहट सिमा नाकाहरुबाट भन्सार छलीका अबैध खाद्यन्नसहित विभिन्न साममग्रीहरु बुधबार प्रहरीले नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको प्रहरी गस्ति टोलीले गौर नगरपालिकाको वडा नं. ५ बसपार्कमा भारतबाट नेपाल तर्फ भित्र्याई ल्याएका अन्दाजी मुल्य ७७,२३५।– (सतहत्तर हजार दुई सय पैतीस) बराबरको सर्टको कपडा, लेडिज कुर्ता सुरुवाल, पेटीकोटको कपडा, चिनी, ग्यास चुल्हा मोबाईल चार्जर लगायतका अन्य सामग्रीहरु नियन्त्रणमा लिइएको हो ।

त्यसैगरि रौतहटको राजदेवी नगरपालिका वडा नं. ९ ब्रम्हपुरी स्थितमा नेपालवाट भन्सार छली सौफी रक्सी र मटर (केराउ) को बोराहरु भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि सौफी रक्सी र मटर (केराउ) को बोराहरु छाडी भागी फरार भएकोले अन्दाजी मुल्य ३३,५००।

(तेतिस हजार पाँच सय) बराबरको ४२ वटा कार्टुनमा रहेको १२६० पिस सोफी रक्सी र २ वटा बोरामा रहेको ५० किलो मटर (केराउ) समेत गरी जम्मा अन्दाजी मुल्य १,१०,७३५। ( बराबरको सामाग्रीहरु वेवारिसे अवस्थामा फेला पारी थप कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय