जनकपुरधाम । जनकपुरधाम उपमहानगरद्वारा सरस्वती माध्यमिक विद्यालय कटरैतका छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

विहिवार एक समारोहबीच सो विद्यालयको कक्षा ८ र १० मा अध्यनरत १७ दलित तथा मुस्लिम छात्रालाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई मेयर लालकिशोर साहले साइकल हस्तान्तरण गरेका छन् ।

साइकल वितरण समारोहमा जनकपुरधाम बस व्यावसायी मनोज चौधरी, शिक्षा तथा खेलकूद महाशाखा अधिकृत आजु पांडेय, विद्यालय व्यबस्थापन समिति अध्य्क्ष असेश्वर मुखिया लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय