• मनोज बनैता

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सुचना जारी गर्दै शान्तिपुर्ण रुपले घरमै बसी तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमा लगायतका चाडपर्व मनाउन आग्रह गरेका छन । कोभिड -१९ समुदायस्तरमा फैलिएको हुँदा चाडपर्वमा हुने भिडभाडले अवस्था झन जटिल बन्न सक्ने भन्दै सिडियो प्रदिप कनेलले सिरहावासीलाई संयमित रहि पर्व मनाउन अनुरोध गरेका हुन। जारी गरिएको सुचना अनुसार तिहार र छठमा पटाखा जस्ता विस्फोटक पदार्थ तथा प्रज्जवलनशिल पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

जारी सुचना अनुसार दिपावलीमा दिप, लाईटर, सलाई जस्ता आगोजन्य वस्तु बालबालिकाबाट टाढा राख्न समेत अनुरोध गरिएको छ । त्यसैगरी मादक पदार्थको अवैध कारोबार, जुवा-तास माथि प्रतिबन्ध लगाईएको छ । पर्वको बेला सडक दुर्घटना पनि अत्यधिक हुने हुँदा बालबालिकालाई सबारी चलाउन नदिन र लाईसेन्स भएकहरुलाई समेत ट्राफिक नियमको पालना गरी गाडी चलाउन निर्देश गरिएको छ । समग्रमा सिरहावासीलाई जनस्वास्थ्य र सुरक्षाका मापदण्ड तथा प्रोटोकलको अवलम्बन गर्न भनिएको छ ।

सुरक्षा संग सम्बन्धित कुनै जानकारी भएमा तुरुन्त नजिकको प्रहरी निकाय वा फोन गर्दा पैसा नलाग्ने नेपाल प्रहरीको १०० नम्बर र सशस्त्र प्रहरी बल न. ७ गणको सुचना अधिकारीको मो. न. ९८५२८७५५७५ मा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय