सिरहा, कार्तिक २० गते । सिरहामा बोक्सी भन्दै एक महिलालाई निर्घात कुटपिट आरोपमा महिलालाई मलमूत्र खुवाएर अभियुक्तलाई अदालतले धरौटीमा रिहा गरेको छ ।

नवराजपुर गाउँपालिका–५ कुर्सन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई मरनासन्न हुने गरी कुट्ने अभियुक्त सन्तोषकुमार यादव अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सिराहाको ५ नम्बर इजलासका न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलासले उनलाई धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो । आदेशमा प्राप्त प्रमाणका आधारमा प्रतिवादी यादव अभियोग दाबीको कसुरमा निर्दोष नदेखिएको ठहर गरेका छन् । तर, पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी जमानत लिई मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् ।

आदेशपछि पीडित परिवारले अदालतबाट प्रारम्भिक चरणमै न्याय नपाएको महसुस गरेको छ । पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने अभियुक्तलाई तारेखमा रिहा गर्ने आदेशले पीडित परिवारलाई असुरक्षाको भयसमेत उत्पन्न गरेको छ । २ लाख रुपैँया धरौटी, जमान वा बैंक जमानत लिई मुद्दाको पुर्पक्ष गर्न आदेश गरिदिएको छ ।

अदालतको आदेशपछि पीडित मूर्तिदेवीका छोरा गणेश यादवले न्याय पाइने आश मारिसकेको बताउँछन् । मलमूत्र खुवाएर मरनासन्न गरी कुटपिट गरिएको घटनाका सात अन्य आरोपी अझै फरार छन् । उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक उमा शंकर पञ्जियारले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय