• जयनाथ यादब

हाम्रो जनकपुर /सिरहा । राष्ट्रिय युवा संघ नेपाल सिरहाले नवराजपुर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको पावन अवशरमा शुभकामना अदान प्रदान कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षता अनिल कुमार यादव विषेश सहयोग रिपुन्जे यादवको अगुवाई र उद्धघोषक अनिल परियारको सहयोगमा उक्त कार्यक्रम सम्पन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वर्तमान राष्ट्रिय युवा संघ नेपालका सिरहा ईन्चार्ज विरेन्द्र साह जिल्ला संयोजक राजेश यादव स-संयोजक आशान्नद यादव र विभिन्न गा.पा ना.पाको युवा संघमा आवध युवा नेता साथै नवराजपुर गाउँपालिका नेकपा र युवा संघका युवा नेताहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा युवा नेताहरु आफ्नौ मन्तव्य राखदै शुभकामना आदान प्रदान गरेको छ ।

कार्यक्रममा नवराजपुर गाउँपालिका १ का वडा संयोजक युवा नेता नविन यादवले देश विकाशको लागी हामी युवा लाई एक ढिका हुनुपर्नेमा जोडदिएको छ युवा यस्तो शक्ती हो जो आमुल परिर्वतनमा अग्रसर हुन्छ भन्दै स्वागत मन्तव्य राखैको थियो ।
प्रमुख अतिथि विरेन्द्र साहले युवाहरुले गलत संहतको कारण कुलतमा फसेर बर्वाद हुन्छ जो युवा देशको कर्णधार हुनुपर्ने त्यो नभएर गलत बाटोमा जान्छ अब त्यस्तो कार्य रोक्नलाई राष्ट्रिय युवा संघ नेपालले टोल टोलमा सगंठन बिस्तार गरेर जनचेतना मुल्क कार्यक्रमहरु गरेर युवाहरु लाई अन्यायको विरुद्ध लड़ने क्षमता बनाउने तर्फ जोड़ दिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सिरहाका संयोजक राजेश यादवले अब युवाले अगाडी बढनु पर्छ रुकनु हुदैन अन्याय अत्याचार भ्रष्टाचार विरुद्ध एक भएर लडनुपर्छ देश विकाशको निम्ती पहिला आफ्नै पार्टी बाट समानतवाद सोशनवाद व्यक्तिवाद सोच भएको भ्रष्टाचारमा लिप्त नेतालाई तह लगाउन युवा संह तयार छ आफ्नै पार्टीका निर्वाचित केही नेताहरुले जनताको विकाश नगरेर व्यक्तीगत विकाशमा लागेको धेरै गुनासो छ युवाहरु लाई प्रयोग गरेर आफ्नौ चाहना पुरा गर्ने चाहे कुनै पार्टीको भ्रष्टाचार गर्ने नेताहरु साबधान अब राष्ट्रिय युवा संघ नेपालले त्यस्तो भ्रष्टाचारमा लिप्त नेताहरुलाई खोजी खोजी तह लगाउन तयार रहेको यादवले प्रतिवद्धता समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय