हाम्रो जनकपुर / जनकपुरधाम। एक महिना बढी धर्नामा बस्दा समेत माग पुरा नगरेपछि धनुषाको रमदैया स्थित मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी हरु आज तेस्रो दिनपनि आमरण अनशनमा बसेका छन् ।

करिब ८ महिनादेखि बाँकी पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको रकम तथत हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना बसेका कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्यहरु जानकी शरण यादव र कुल्दिप साह अनशनमा बसेका हुन् ।

यसअघि असोज १२ गतेदेखि कलेज परिसर मै दर्जनौ कर्मचारीले धर्ना दिदैं आएका थिए । गत भदौ ३० मा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र पारिश्रमिक लगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको थियो ।

त्यो सहमतिपछि कर्मचारीहरुले भदौ २६ गतेदेखि लगाएको ताला खोलेका थिए । तर, कलेज व्यवस्थापकले सहमति अनुसार वक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि आन्दोलतरत कर्मचारीहरूले उमेश यादवको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण समिति गठन गरेर असोज १२ गतेदेखि माग पूरा गराउन दबाब दिन धर्नामा बसेका थिए ।

पिडीत ४० कर्मचारी नियमित कलेजको प्रशासनिक कार्य अबरुद्ध गरी धर्नामा बस्दै आएका थिए । कलेज व्यवस्थापकले माग पूरा गर्नुको साटो आन्दोलनरत कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि कर्मचारीहरु आक्रोशित भएका छन् ।

दसैं अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्य कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायत कर्मचारीलाई निलम्बन पत्र थमाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय