महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो ।

१५/२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर सिकिस्त बिरामी भएर भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अंसारीको गएराति निधन भएको हो ।

वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको मेयर मण्डलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । तत्कालिन माओवादी केन्द्रबाट उनी निर्वाचित भएका हुन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय