धर्मेन्द्र कुमार यादव/ महोत्तरी। बिद्यार्थीहरुले फलामे ढोका पार गरे पछी उच्च शिक्षा हासिल गर्नको लागि सुरुवाती कक्षा अन्तर्गत सोनमा गाउपालिकामा रहेका उच्च मा बी हरुमा कक्षा ११ को परीक्षा उच्च सतर्कताका साथ सुरु भएको छ।

सोमबार देखी सुरु भएको परिक्षामा सोनमा गाउपालिका अन्तर्गतका दुबै उच्च मा बी मा होम सेन्टर राखी परीक्षा सन्चालन गराएका थिए। श्री उच्च मा बी खखना लोटना परीक्षा केन्द्रमा जम्मा १२७ विद्यार्थीहरु परिक्षामा सहाभागी भएका थिए जस मध्ये आसिक तर्फ ५३ र नियमित तर्फ ७४ जना विद्यार्थी सहभागी भएका थिए त्यस्तै श्री सरस्वती उच्च मा बी सोनमा परीक्षा केन्द्रमा जम्मा ६० विद्यार्थी हरु परिक्षामा सहाभागी भएका थिए जस मध्ये आसिक तर्फ १४ र नियमित तर्फ ४६ जना विद्यार्थी सहभागी भएका थिए।

कोरोना भाइरसलाई मध्य नजर राख्दै बिद्यार्थीहरुलाइ समाजिक दुरी कायम गरी एक बेन्चमा एक जना विद्यार्थी लाई मात्र राखेर परीक्षा सन्चालन गराएका थिए। त्यस्तै सम्पुर्ण बिद्यार्थीहरुलाइ अनिवार्य रुपमा मास्क लागाइ मात्र परीक्षा हल भित्र प्रवेश गर्न निर्देशन दिएको थियो। बिद्यालयले स्थानिय स्वास्थ्य संस्थाको सहयोगमा हेल्प डेस्क राखी प्रत्येक बिद्यार्थीहरुलाइ थर्मल गन बाट तापक्रम र सेनिट्राइज गराएका कुरा दुबै परिक्षा केन्द्रका केन्द्राध्यक्ष क्रमश: कौशल कुमार यादव र शत्रुधन यादव ले बताएको छ।

बिश्वव्यापी रुपामा फैलीएको कोरोना भाइरसको कारन स्थगित परीक्षा ६ महिना लामो अन्तराल पछी सुरु भएको छ। राष्ट्रीय परीक्षा बोर्ड द्वारा जारी निर्देशिका अनुसार परीक्षा सुरु गरिएको थियो।

लामो समय पछी परीक्षा सन्चालन हुदा विद्यार्थी हरुमा खुशीको माहौल थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय