रबिन्द्र प्रजापति १७ कार्तिक रौतहट । रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधीहरु बजेटमा केन्द्रित हुँदा विकास निर्माणको काम प्रभावित बनेको छ । कटहरियाका मेयर,उपमेयर,तथा वडा अध्यक्षहरु मात्र बजेट चलाउने बाहेक अन्य कुनै काममा ध्यान नदिएको कारण विकासको काम प्रभावित बनेको हो ।
कटहरिया बजारको मुल सडकमा एकबर्ष भन्दा बढी समय देखी ठेकदार नागेन्द्र साहका पेटि ठेकदार सुुबोध यादवले सुुरु गरेको कालोपत्रे निर्माण हालसम्म पुरा हुनसकेको छैन । मुख्य बाटो भरी फोडेको गिटी ओछयाएको कारण दैनिकजसो दुुर्घटना भईरहेको छ तर ठेकदार माथी दवाब दिएर तुुरुन्त काम पुरा गराउन मेयर,उपमेयर तथा कुनैपनी वडा अध्यक्षलाई फुुर्सद नभएको ब्यापारीहरुले गुनासो गरेका छन ।

त्यसैगरी मेयर सियाराम कुश्वाहा,उपमेयर नुरजहाँ खातुन, वडा ४ का अध्यक्ष चन्दन कुश्वाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ताको प्रत्यक्ष सकृयतामा सुुरु भएको बाटो बिस्तारको काम पनी अधुरै रहेको छ ।
बजारको रामजानकी मठदेखी जनता माबीको अगाडी मुुल बाटोसम्म तथा पुर्वमा कटहरिया गाँउसम्म बाटो बिस्तार गर्न अमिन बाट नाप जाँच गराई एकबर्ष अघि घर घरमा चिन्ह समेत लागेको थियो ।

नापजाँच गरेर चिन्ह लगाएको एकबर्ष बित्नलाग्दा उतरमा नन्द किशोर साहको घरसम्म र पुर्वमा श्रीभगवान साह तथा महेश्वर मास्केको घरसम्म बाटो बिस्तार भएको छ ।
तर एकबर्षको अवधिमा कटहरियाका कुनैपनी निर्वाचित प्रतिनिधीले रोकिएको बाटो बिस्तारको काम फेरी सुुरुगराउन अग्रसरता न देखाएको स्थानिय समाजशेवी नन्दकिशोर साहले गुनासो गरेका छन ।

लामोसमय सम्म बाटो बिस्तारको काम बन्द भएपछी केही घरधनीले फेरी बाटो मिचेर भौतिक संरचना निर्माण गरीरहेका छन ।
स्थानिय निर्वाचन पछी गाँउ गाँउमा सिंह दरवारको अधिकार आउँदा सबै ठाँउको कायापलट हुने जनतामा बिश्वास पलाएको थियो । तर निर्वाचन पछी उदरमान भएका नया राजाहरु मात्र बजेट चलाउनमै आफनो कर्तब्य बिर्सिन थालेको कारण कटहरिया जस्तै रौतहटको प्रायंं सबै स्थानिय तहमा विकास निर्माणको काम प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय