रबिन्द्र प्रजापति १७ कार्तिक रौतहट ।
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालबाट सेवग्राहीले केही दिन देखी कुनैपनि सेवा नपाएको गुनासो गरेकाछन् । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दसैंपछि कर्मचारी तथा डाक्टर नआएका कारण आईतबार बिभिन्न सेवा दिन अस्पतालमा आएका सेवाग्राहीहरु फर्कन बाध्य भएका थिय ।

आइतबार सिन्धुरेघारीबाट समान्य उपचार गराउन सरकारी अस्पताल आएका दिपक पोख्रेलले अस्पतालमा डाक्टर लगाएतका कर्मचारी नभेटेपछि फर्कनु परेको गुनासो गरे । १५ दिनदेखी डाक्टर श्यामबाबु साह बिदामा गएका कारण सेवाग्राहीले सेवा नपाएका हुन् ।
अस्पतालमा रहेको एक्सरे समेत बिगत लामो समय देखी बिग्रेका कारण अस्पतालबाट सेवाग्राहीले एक्सरे सेवा पाउन छाडेको गुनासो बढदै जान थालेको छ । चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालको चरम लापारवाहीका कारण यहा रहेका निजी अस्पतालमा सेवाग्राही सेवा लिन जान बाध्य भएको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले अस्पतालमा लापारवाही गर्ने जो कोहीलाई नछाड्ने तराई एक्सप्रेसलाई बताए । स्थानीयले भने नगरपालिकाले अस्पतालका बिषयमा चासो नलिएका कारण कर्मचारीको मनोमानी बढदै जान थालेको गुनासो गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय