महोत्तरी, कार्तिक १६ गते । महोत्तरीमा एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो १ बजे बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटु सामुदायिक वन दोभान स्थित अन्दाजी ५५–६० वर्षीया महिलाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि पुगेर शवको घटना स्थल तथा लाशजाँच प्रकृती समेतको कार्य सम्पन्न गरेको जनाएको छ ।

मृतकको शव सडेगलेर दुर्गन्धित भइ नचिचिने अवस्था रहेको कारण सोही ठाउँमा व्यवस्थापन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।सभार टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय