संजय यादव,सिरहा। खुल्लेयाम यौनधन्दा चलाउने होटेल संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पूर्वपश्चिम लोकमार्गसंगै रहेको सिरहाको गोलबजार मुख्य चौकमै रहेको विकास होटेल एण्ड लँजबाट खुल्लेयाम दिउँसै होटेल संचालक सहित एक जना पुरुष र दुई जना महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सो हाटेलमा छापामारी गरी होटेल संचालक अन्दाजी बर्ष ३८ का राम सुन्दर साह सहित ग्राहक बनी आएका सरोज कुमार साह, २५ र २६ बर्षिय दुई महिलालाई पक्राउ गरी हिरासतमा राखेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ब्यापारिक केन्द्रको रुपमा विकास हुदै गईरहेको गोलबजारमा खुल्लेयाम देह ब्यापार, लागु औषध कारोबारीहरु दिन प्रतिदिन फस्टाउदै गईरहेको स्थानियहरुको भनाई रहेको छ ।

होटेल संचालक साह पटक पटक यस्ता कुकर्ममा पक्राउ पर्दै आईरहे पनि पहुँचको आधारमा छुटदै आईरहेको स्थानियहरुको गुनासो रहेकाछन् ।

गोलबजारको साना, मझौला र ठूला होटेलहरुमा समेत यौनधन्दा चल्दै आईरहेको सो्रतले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा शंकर पजियारले यस्ता गलत गतिबिधी गर्ने गराउने जो कोही भए पनि कडा कार्यबाही गर्ने बताए । यौनधन्दा, लागु औषध कारोबारीहरुलाई केही दिनमै नियन्त्रणमा ल्याउने समेत एसपी पजियारले प्रतिबद्धता जनाए । यौन कारोबार खुल्लेयाम भईरहदा आँखा चिम्लेर वेवास्ता गर्नु परिरहेको स्थानिय पसलेहरुले बताए । यता उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले यस्ता कुकर्म गर्नै जो कोही भए पनि कडा भन्दा कडा सजायको माँग गरेको छ ।

महिलाको हकहितमा काम गर्ने दर्जनौ संघ संस्था र आफुलाई बफादार महिला अधिकारकर्मी भनाउनेहरु यस्ता घृणित काम प्रति आँखा नपुगेकोमा सचेत नागरिकहरुले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय