सिरहा । मंगलबार दिउँसो कान्छो छोरा रामऔतार साहको कुटपिटबाट घाँटीमा चोट लागि सुदामा गम्भिर घाइते भएकी थिइन् । जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोक्सीको आरोप लगाउंदै छोराले निर्घातकुटपिट गरि घाइते भएका सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ की ७५ वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ ।

गम्भिर घाइते भएका कारच सुदामालाई जनकपुर पुर्‍याइएको थियो । तर कुटपिटबाट घाँटीको हड्डी मोडिएकोले घर फिर्ता पठाइदिएका थियो ।

घरमै छोरीहरुले सेवा गरेर राखेपनि शनिबार स्वास्थ्य प्रतिकूल भएपछि जिल्ला अस्पताल सिरहा पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको दिउँसो मृत्यु भयो । आरोपीत रामऔतार अहिले प्रहरी हिरासतमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय