राैतहट । रौतहट जिल्लाको एक गाउँमा जसपाको स्थानीय पार्टी कमिटी द्वारा आयोजित एक कार्यक्रममा, नवगठित जनता समाजवादी पार्टीका सांसद एवं पुर्व मन्त्री अनिल झाले दशैं-तिहार-छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा व्यक्त गरेका विवादास्पद एवं महिला विरोधी अभिव्यक्तिको विरोधमा जनतान्त्रिक तराई मुक्ति मोर्चा अत्यन्तै आक्रमक रुपले प्रस्तुत हुँदै सांसद अनिल झाको राजिनामा र बर्खास्ती नभएसम्म चुपलागेर नबसने बताउँदै आएका छन् ।

जनतान्त्रिकको पछिल्लो गतिविधि हेर्दा लाग्दैछ कि सांसद अनिल झा र जसपाको विरुद्ध जनतान्त्रिकले ठुलै आन्दोलनको अन्तिम तैयारी समेतमा झुटेको दिखिन्छ ।

सांसद अनिल झाको उक्त अभिव्यक्ति आएको भोलिपल्टै जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवं प्रभावशाली महिला नेतृ श्रीमती सबिता यादवले कडा प्रतिवाद गर्दै उक्त वक्तव्यको एकदमै कडा शब्दमा निन्दा एवं भर्त्सना गरेका थिए र आज फेरी जनतान्त्रिकका महिला एवं प्रभावशाली नेतृ, जनतान्त्रिक महिला संघका केन्द्रिय अध्यक्ष एवं जनतान्त्रिक तराई मुक्ति मोर्चा तथा राष्ट्र बचाउ अभियानका केन्द्रिय सचिवालय सदस्य श्रीमती नगीना कुमारी झाले प्रेस वक्तव्य नै निकालेर ठुलै चेतावनी समेत दिनुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ,

मिति २०७७/०७/११ गते मंगलवारका दिन रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्येक्ष निर्वाचित संघीय सांसद (प्रतिनिधिसभा) एवं नवगठित जनता समाजवादी पार्टीका निर्वाचन समिति प्रमुख एवं पुर्व मन्त्री अनिल कुमार झाले जसपाको स्थानीय पार्टी कमिटी द्वारा आयोजित दशैं, तिहार एवं छठको शुभकामना आदानप्रदान कार्यक्रममा “महिलाहरुको मान-मर्दन एवं चरित्र-हत्या” गर्ने एकदमै निकृष्ठ, अमानवीय, गैरजिम्मेवार पूर्ण, दानवीय, आसुरी, दम्भयुक्त दिएका अभिव्यक्तिको विरुद्ध “जनतान्त्रिक तराई मुक्ति मोर्चा” का केन्द्रिय सदस्य श्रीमती सबिता यादवले कडा प्रतिवाद गर्दै निन्दा तथा भर्त्सना गरेपछि र अन्य विभिन्न सचेत राजनीतिक, सामाजिक ब्यक्ति तथा संघ-संस्था समेतले बिरोध गरेपछि मिति २०७७/०७/१४ गतेका दिन “मधेशवाणी रेडियो कार्यक्रम” मार्फत उक्त कार्यक्रमका संचालक/पत्रकार राम सकुल मण्डल ज्यु सितको अन्तर्वार्तामा सांसद अनिल झाले बोलेको भाषा, शब्द र व्यक्त अभिव्यक्ति सुन्दा र त्यसको विश्लेषण गर्दा सांसद अनिल झा ले आफ्नो बचाउमा उल्टै बिरोधिहरुलाई धम्काउने-हप्काउने, आफ्नो गुणगान गर्ने र टेक्निकल ट्रीक्सको प्रयोग गरि आफनो चरित्र हत्या गर्ने कुचेष्टा गरिएको भन्ने मिथ्या आरोप समेत लगाएको भेटियो जुन एकदमै आपत्तीजनक, खेदजनक, अब्यवहारिक, गैर-राजनीतिक, गैरजिम्मेवार, संवेदनहिन, निकृष्ठ-दम्भयुक्त, मपाईवादी, अहंकारयुक्त र अमानवीय छ ।

हामी फेरि दावाका साथ भन्दछौं, उक्त दिन सांसद अनिल झाले स्पष्ट रुपमा नै (बोलीको भाव, प्रस्तुति र शब्दले) महिलाहरुको मानमर्दन गरेकै हुन् , आफ्नो वास्तविक मनोवृत्ति प्रदर्शन गरेकै हुन् , दम्भ देखाएकै हुन् , अहमता प्रदर्शित गरेकै हुन् ।

त्यसकारण “जनता समाजवादी पार्टी” ले आफनो सांसद अनिल कुमार झालाई तत्काल पार्टीको सम्पूर्ण जिम्मेवारी र सांसद पदबाट निस्कासन गरोस् भन्ने जोडदार माग गर्दछौं । होईन भने जनता समाजवादी पार्टी “महिला एवं लैङ्गक हिंसा” लाई प्रोत्साहन गर्ने, छाडातन्त्रलाई जल-मल गर्ने, दानवीय एवं आसुरी प्रवृत्तिलाई पुरस्कृत गर्ने, नर-पिशाच मनोवृत्तिलाई संरक्षण गर्ने र आशुरी सत्ता स्थापित गर्न उद्धत रहेको प्रमाणित हुन जानेछ र त्यसको विरुद्ध हामी हदैसम्मको विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय