हाम्रो जनकपुर /जनकपुरधाम । धनुषामा अबैध सामान भन्सार छली ल्याएको २३ लाख बराबरको सामान पक्राउ गरेको छ ।

धनुषा प्रहरीले भन्सार छली ल्याइएको करिब २३ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ।

सीमा प्रहरी चौकी लग्मा जटही धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको दशगजा क्षेत्रमा रहेको जमुनी खोला किनारमा राखिएका लत्ताकपडा र भाडावर्तन गरी १० लाख २७ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

धनुषाकै शहिदनगर नगरपालिका-६ भित्री सडक खण्ड कटिपुर गाउँस्थित इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी नायब निरिक्षक एवं २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भारतबाट भन्सार छली ३ वटा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सुतीका साडी, रातो कपडा, मार्किन ब्लाउज, कपडाका झोला, मार्किन ब्लाउजका कपडा, गम्छा, लेडिज सुटलगायत २ लाख ५५ हजार मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो।

त्यस्तै जनकनन्दनी गाउँपालिका–१ की कमली देवीको घरमा भारतबाट भन्सार छली ल्याइएको १० लाख ५ हजार रुपैयाँ बराबरको सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट सामान बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहीबार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय