रबिन्द्र प्रजापति १३ कार्तिक रौतहट । गौरबाट काठमाण्डौ जादै गरेको बसबाट नागढुंगामा प्रहरीले ठुलो मात्रामा पटाका बरामद गरेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको दर्जनौ स्थानमा हुने चेकजाचका बिच पटाका नागढुंगा चेकपोइन्ट सम्म पुगेको हो ।

रौतहटको गौरबाट लगिएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ । प्रहरीका अनुसार ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय