• रंजित चाैरसिया

वीरगंज । वीरगंजमा अलपत्र रहेका एक ब्यक्तिलाई उदार गरीएको छ । वीरगंजको घडीअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अलपत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसियाले उदार गरेका छन् ।

डा. चौरसियाले अलपत्र रहेको ब्यक्तिलाई उदार गरी वीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरेका छन् । डा. चौरसियाले भर्ना गराएका ब्यक्तिलाई आफैंले उपचार गरीरहेको अस्पताल श्रोतले जनाएको छ । वीरगंजमा अहिले सम्म कुनै डाक्टरले नगरेको मानवीय र समाजीक कार्या डा. दिपक चौरसियाले गरेका छन् ।

डाक्टर भएर बाटोमा अलपत्र रहेको ब्यक्तिलाई उदार गरी आफैंले उपचार गर्ने कार्यले डा. चौरसियाले मानवताको काम र कर्तब्य यहि हो भन्ने समाजमा राम्रो सन्देश पहुचाएको प्रत्यक्षदर्शीले बताएका छन् । डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिमा लाग्ने सम्पुण औषधी खर्च सहयोग गरेको छ ।

अलपत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय