जनकपुरधाम । धनुषाको सबैला नगरपालिका स्तिथ सबैला बजारमा मा रहेको दुर्गा मन्दिर,मिथिला क्षेत्रमा मंगलबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै हिजो विजया दशमीका दिन देखि एकादशी सम्म पवित्र जलाशयमा विसर्जन गरिन्छ ।

धनुषाको सबैला नगरपालिका सबैला बजारमा दुर्गा मन्दिर अति प्राचीन भार्गव, सताेसरमा सतपाेखरि नामले चिनिने आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन् । त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा, कोशी, कमला बागमती लगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेहरुको समूह बिहानैदेखि देखिएको छ ।

हेर्नुहाेस भिडियो

https://youtu.be/t3QnWSBV-h8

पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दशैँ घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ । माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ ।

मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन् । अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ । यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय