मन दुख्छ मेरो गरिब मगन्ते अबोधलाई देखेर,
ढोका-ढोका पुगि खाएका धनिका गाली र तिरस्कार देखेर,
गरिब, अनपढ र अर्धनग्न दिदि-बहिनीलाई देखेर,
समाजको झूठा, नंगा ढकोसला देखेर ।।

मन दुख्छ मेरो दिदिबहिनी बलात्कृत भएको सुनेर,
दलित, पिछडा, मजदुर र गरिबको हत्या सुनेर,
महिलालाई सम्मान गर्न नसक्ने हिंसक पुरुषलाई देखेर,
गर्भमा रहेको निर्दोषलाई बिष दिएको सुनेर ।।

मन दुख्छ मेरो दुधे बच्चालाई छट्पटीएको देखेर,
साहु-महाजनको क्रुर अत्याचार देखेर,
वृद्धाको लाचारी र युवाको कु-कृत्य देखेर,
आफनै राष्ट्र र राष्ट्रियताको विरुद्ध बिदेशीको इसारामा गरिएको रुदन नृत्य देखेर ।।

मन दुख्छ मेरो बिदेशमा श्रम बेचेको भेटेर,
गरिबको चुल्हो साँझ र बिहान नबलेको देखेर,
कथित समाजसेवी र गरिबको नाममा बनेका अवसरवादी मसिहा देखेर,
पुजिपत्तिले गरेका र गरिब-मजदुरले सहेका अन्याय देखेर ।।

मन दुख्छ मेरो राजनीतिको गन्दा खेल देखेर,
खोखला वादा र दावाको झरना तथा रंगिबिरंगी जीवन देखेर,
रुपैयाँको अभावमा मरेका मान्छेको लास देखेर,
राज्यको गन्दा र घिनौंना पुर्ण नंगा नाच देखेर ।।

लेखक,
दिपक कुमार सिंह
(केन्द्रिय सदस्य)
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्रबचाउअभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय