सिरहा । सिरहामा एकै परीवारका दुई बालकको शव पोखरीमा फेला परेको छ । नरहा गाउँ पालिका वडा नम्बर ३ खोरियाका गुलजार सेखका छोरा वर्ष १० को अनजार र वर्ष ८ का यहसानको शव सोमबार वेलुका गाउँ देखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा शव भेटिएको हो ।

घरबाट दिउसो ३ बजेदेखि हराईरहेका उनीहरुको खोजतलास गर्ने क्रममा दुवै दाजुभाईको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।

प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने बताएको छ । घरटनबारे अझै अनुन्सधान भईरहेको जनाएको छ ।
वडा अध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराईरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।

दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय