नरेन्द्र महताे/ गाैशाला । महाेत्तरीकाे रामगाेपालपुर नगरपालिकामा एक आपसमा माेटरसाईकल ठाेकिदा एक जनाकाे ज्यान गएकाे ईलाका प्रहरी कार्यालय रामगाेपालपुरले जनाएका छन।

गए राती ११:३० बजे तिर रामगोपालपुर र गोटवनौलिको विचमा एक आपसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएकाे हाे ।

रामगोपालपुर देखि गोटवनौली तिर जादै गरेको ज.१०प. ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौली देखि रामगोपालपुर तिर आउदै गरेको ज.९प.८४६१नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा ज.१०प.३३९१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला महोत्तरी रामगोपालपुर -५ कंचनपुर वस्ने नरेश मन्डलको छोरा अन्दाजी बर्ष २० को लालबाबू मन्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यककाे पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाईकाे साे घटना वारे छानविन भईरहेकाे प्रहरीले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय