जनकपुरधाम । धनुषाको जनकपुरको प्रसिद्ध राजदेवी र सबैला मन्दिरमा बोका बलि प्रदान सुरु भएको छ । प्रशासनको निर्णयका कारण बोका बलि चढाउने वा कुभिण्डो भन्ने अन्योलता कायम रहेपनि महाअष्टमीका दिन आज साँझ ७ बजेबाट बोका बलि प्रदान सुरु भएको हो ।

बोका बलिका लागि अहिले राजदेवी मन्दिरमा चारवटा ठेहा चलिरहेको छ । उक्त बलिको लागि चारवटा ठेहाको व्यवस्था महावीर युवा कमिटीले गरेको हो । क्लबका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको छ । राति १० बजेसम्म मात्र बलि प्रदान गर्ने आयोजक क्लबले भनेपनि बोकाको संख्या आधारमा सयम थपघट गर्ने जनाएको छ ।

कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको राजदेवी मन्दिर लगायत जिल्ला भरिको मन्दिर तथा शक्तिपीठमा बोकाबलि निषेध गर्ने जनाएको थियो । बोका बलिको ठाउँमा कुभिण्डोको बिल प्रदान गर्ने निर्णय गरेको थियो । तर अन्त समयमा आएर प्रशासन ब्याक भएपछि सबै शक्तिपीठमा बलि प्रदान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय