जनकपुरधाम । धनुषामा १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका १३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरीले काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै सिरहामा १४ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरीले ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय