• रबिन्द्र प्रजापति । ५ कार्तिक

हाम्रो जनकपुर/ रौतहट ।रौतहट जिल्लाको गरुडा न.पा.वडा नं.८ जिंगडिया स्थित बस्ने नन्दलाल महराको छोरा बर्ष २० को निरञ्जन रामलाई वितेको साउन ३१ गते राति धारिलो हतियारले घाँटी रेटी हत्या गरेको कर्तव्य ज्यान मारेको मुद्दामा फरार रहेको प्रतिवादीहरु मध्येका एक जनालाई प्रहरीले पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाको डि एस पी रबि रवालले जनाएको छ

पक्राउ पर्नेमा रौतहट गरुडा न.पा.वडा नं.८ जिंगडीया बस्ने लखन साहको छोरा बर्ष ३२ को राजगिर साह बनिया आफ्नो नर्सरी स्थित घरमा लुकीछिपी बसिरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट सिकेन्द्र प्रसाद साहको कमाण्डमा खटि गई प्रहरी टोलीले राजगिर साह बनियालाई आज विहीबार कार्तिक ०५ गते ११:३० बजेको समयमा राजगिर साहले लुकीछिपी बसेको नर्सरी घरबाटै फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी साहलाई रौतहट जिल्ला अदालतमा बुझाउने कार्य भई रहेको डिएसपी रबि रवालले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय