नरेन्द्र महताे / गाैशाला । राम्राे भन्दा हाम्राे व्यक्ति विधालय व्यवस्थापन समितिकाे अध्यक्ष हाेस ले गर्दा बैठक स्थगित हुँदै अाएकाे छ ,सन्दर्भ गाैशाला नगरपालिका

महोत्तरीको गौशाला नगरपालिका–५ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनौटमा राम्राे भन्दा हाम्राेकाे लागि विवाद भएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि बुधवार बिहान १० बजे तय गरिएको भेला एक्कासी स्थगित भएपछि अभिभावकहरु आक्रोशित भएका हुन् ।

विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक पुरुषोत्तम कुमार अधिकारीले सादा कागजमा हस्ताक्षरित सूचनामा बुधवार तय भएको अभिभावक भेला महान चाड बडा दशैं लगायत पर्वहरुको कारण अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि स्थगित गरेपछि अभिभावकहरु आक्रोशित भएका थिए ।प्रकाशित सूचनामा छाप नरहेको र लेटर प्याडमा समेत नगरेको भन्दै भेलामा उपस्थित अभिभावकहरुले भित्रभित्रै चलखेल गरेको भन्दै गौशाला नगरपालिकाको शिक्षा शाखा घेराउ गर्न पुगेका थिए । नगरपालिका कार्यालय घेराउ गर्न अभिभावकसँगै विभिन्न दलका नेताहरु समेत पुगेका थिए ।

यता, नगरपालिका कार्यालय पुगेका अभिभावकहरु आक्रोशित देखेपछि विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक पुरुषोत्तम कुमार अधिकारी प्रहरीको सहयोगमा विद्यालय व्यवस्थापन समिति गठन स्थगितबारे जानकारी गराएका थिए ।

नगरपालिका कार्यालय पुगेका आक्रोशित अभिभावक लगायत विभिन्न दलका नेताहरु नगरपालिका कार्यालयपुगेछि तत्कालै इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीको नेतृत्वमा खटिएको टोलीले अभिभावक र नगरपालिका कार्यालयबीच समन्वयकारी भूमिका खेल्दै छलफलको वातावरण मिलाएका थिए ।

यसैबीच गौशाला नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष धर्मेन्द्र साहको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक पुरुषोत्तम कुमार अधिकारीको रोहवरमा बुधवार बसेको अभिभावहरुकोबाट त्रिभुवन मा.वि.को विद्यालय व्यवस्थाप समितिको सम्बन्धमा भईरहेको सम्पूर्ण प्रक्रिया बदरगरि छठ पछि नयाँ ढँग बाट प्रक्रिया थालनी गर्ने निर्णय भएको गरिएको छ ।बैठकमा पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता बसन्त गुरुङ्ग, समाजवादी पार्टीका नेता देव नारायण महतो, लक्ष्मी महतो लगायत अभिभावहरुको उपस्थिती रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय