जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मङलवार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

घटनामा साईकलमा सवार भएका ब्याक्तीकाे मृत्यु भएकाे छ । प्रेमचन्दर झाको उपचारकाे क्रममा मृत्यु भएकाे परिवारजनले बताउनुभएकाे छ ।

जनकपुर ढल्केवर सडक खण्डमा साईकल र मोटरसाइकल एक आपसमा ठक्कर खादा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएकाे छ। क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ जानकी केबल स्थित उत्तर बाट दक्षिणदिशामा अाउदै गरेकाे बेला ज. १२प.२९४७ नम्बरको मोटरसाइकल र पश्निम बाट पुर्ब दिशामा गईरहेको साइकललाई औभरटोक गर्नेे क्रममा माेटरसाईकल दुर्घटना भएको थियोे ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ कुमरौल बस्ने ५५ वार्षिय प्रेमचन्दर झा रहेकाे छ ।सोही नगरपालिका वडा नं ७ क २२ वार्षिय महादेव साह रहेको छ। मोटरसाइकलमै सवार भएका एक जना घाइते भएका छन् ।घाइतेलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रेमचन्दर झा पुजा गरेर फ्रकिने क्रममा दुर्घटनामा भएकाे प्रहरीले जनाए ।तिब्र गतिमा रहेका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरिले थप अनुसन्धान गरि रहेकाे महेन्द्रनगर प्रहरि कर्यालयले जनाएको छ । माेटरसाईकल चालक प्रहरिकाे निगरानिमा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय