रंजित चाैरसिया
वीरगंज । वीरगंज गत १ गते फेला परेको २२.५७६ ग्राम सुन काण्डमा नयाँ खुलाशा भएको छ । प्रहरीले वीरगंज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापामारी सो परिमाणमा सुन बरामद गरेको हो ।

प्रहरीले सो सुन अशोक सिन्हाको रहेको बताए पनि सिन्हाका बेटा आज एक अडियो रेकर्ड गरेर सो सुन मेरो रहेको स्विकारेका छन् । त्यसमा मेरो बुवा, अथवा अन्य मेरो परिवारको कुनै पनि सदस्यको संलग्नता नरहेको बताएका छन् ।

भारत बिहार पुर्वी चम्पारणका अशोक सिंन्हाका छोरा सुशान्त सिन्हाले सुन आफनो रहेको दाबी गरेका छन । यस सुनमा कही कतै कुनै परिवारजनको संलग्नता नरहेको दबी गर्दै सुशान्त सिंन्हाका बुवा अशोक सिन्हा विगत दुई वर्ष देखि दिल्लीको मेदान्तामा उपचार गराई रहेको सो अडियो क्लिपमा बताईएको छ ।

प्रहरीले पक्राउ गरेको सुन काठमाण्डौंको सागर त्यागीबाट दुई वर्ष अगाडी खरिद गरेको शुसान्त सिन्हाको दावी रहेको छ । सुनको विषयमा परिवारजन कसैको संलग्नता नरहेको तथा यस मुद्दामा परिवारजनका नाम नमुछन उनले सञ्चार माध्यमलाई अनुरोध गरेका छन ।

अशोक सिन्हा १५ वर्ष अगाडी आफनो घर परिवारबाट अलग भई बस्दै आएका छन । यस सुन काण्डमा वीरगंज तथा काठमाण्डौका ठुला व्यतिmहरुको पनि संलग्नता रहेको उनको दाबी रहेको छ ।

सो सुन काण्डमा पर्सा प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय