रबिन्द्र प्रजापति /रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको चौथो नगरसभा हिजो सम्पन्न भएको छ
सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय गोनाहीको प्रांगनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ ।

सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको देवाही गोनाही नगरपालिकाको नगरसभा हिजो अबेर साँझ मात्र सम्पन्न भएको हो
नगर प्रमुख धर्मेन्द्र पटेलकोे अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ४९ करोडा भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि देवाही गोनाही नगरपालिकाले आफना चौथो नगरसभाबाट ४९ करोड २३ लाख भन्दा बढी रुपैया बजेट पारित गरेको छ
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर पटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय