• रन्जित चाैरसिया

बीरगंज । बीरगंजको नयाँ बसपार्क क्षेत्रको चालिस फिट्टे रोडमा हुने यौन धन्दा अझै रोकिएको छैन । यो क्षेत्र यौन धन्दा गर्ने थलोको रुपमा परिचित छ ।

बिगतका दिनमा स्थानिय वडा वासिको पहलमा बीरगंज वडा १५ समितिको कार्यलाय र जिल्ला प्रहरी कार्यलय पर्साले छापामारी गरी बसपार्क देखि लक्ष्मवा (प्रतिमा चौक) देखी बाइपास क्षेत्रका विभिन्न ठाउँबाट यौन व्यवसायीलाई पक्राउ गरिएको थियो ।

त्यसपछी लकडाउन बन्दा बन्दिले केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी यता बाइपास र बसपार्कको चालिस फिट्टेरोड्मा यौन व्यवासायी सलबलाउन थालेका छन ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा नास्ता र खानाको नाममा खोलिएका होटेलहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले कोरोना (कोभिड १९)को डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ ।

बसपार्कको नयाँ चालिस पिट्टे रोड तथा बाईपास एरियामा अध्यारो हुनेबितिकै खाना नास्ताका लागि खोलिएको होटेलहरुमा खुलेआम मोल तोल गरि बसपार्कको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

तर पुलिस, प्रशासनले केहि लचक्ता र त्यो एरियामा स्थापित बसपार्क प्रहरी चौकी, अस्थाई भिस्वा पुलिस चौकी भएतापनि निर्मुल हुन् भने सकेको छैन ।

हरेक साझा या दिउसै चालिस फिट्टे रोडका क्षेत्र र बाइपास एरियामा खाजाको नाममा खोलिने होटेलमा भेटिने यौनकर्मीहरुको होटेल अगाडिको रोड्मै ´´कण्डम“ भेटिन थाले पछि त्यो टोलका स्थानियहरु बसपार्क पुलिस चौकी र भिस्वा डाढामा रहेको अस्थायी पुलिस चौकीको सहयोगमा यो कार्य भएको भन्दै आलोचना गर्न थालेका छन।

स्थानियहरुको कुराकानी चलाईरहदा पुलिस प्रशासनको मिलोमतोमा भएको र यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

लकडाउन (बन्दा बन्दि) भन्दा पहिला स्थानियको पहल र प्रहरी प्रशासन र त्यतिखेरको बसपार्क प्रहरीचौकिको इन्चार्ज प्र.ना.नि बिजय कुमार शाहिको सकृयतामा पक्राउगरेका पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन ।

दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्यो भने यो नियन्त्रण हुनसकने बुद्धिजिविहरुले बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय